×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक

नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, तराई–मधेसमा भएका घटना, प्रदेश सरकार गठन, सरकारको गतिविधि, पार्टीका आन्तरिक तयारी लगायत रहेका छन् ।

‘प्रदेश सरकार गठन, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक तयारी सम्बन्धमा नै छलफल केन्द्रित हुन्छ’, रातोपाटीसँग ज्वालाले भने ।

साउन ९ गते नेकपा एमाले र नेकपाबिच प्रदेश सरकार बनाउने विषयमा तीन बुँदे सहमति भएको थियो । बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनको सम्बन्धमा संयन्त्र गठन हुन सक्ने ज्वालाले बताए । तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको उनले जिकिर गरे । 

प्रतिकृया दिनुहोस्