×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने

कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी दिएर तोकिएका बाहेक सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरेको हो ।

आइतबार बिहान भएको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी दिएकालाई कार्य सकेर आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिइएको छ । ‘जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्न कांग्रेसले जानकारी गराएको छ ।

एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा अर्को क्षेत्रको वडामा गई क्रियाशील नहुन पार्टी पङ्तिमा अनुरोध गर्ने निर्णय गरिएको छ । भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता कार्यकर्तालाई पनि आफ्नो क्षेत्रमा क्रियाशील हुन भनिएको छ ।
 

प्रतिकृया दिनुहोस्