×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

‘सोलर र ब्याट्रीले डिमान्ड पूरा गर्न सक्छ भने विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी छैन’ : शाक्य

‘सोलर र ब्याट्रीले डिमान्ड पूरा गर्न सक्छ भने विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी छैन’ : शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत् आवश्यकता पूरा गर्न सके विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार राति र दिउँसोको बिजुलीको डिमान्ड सोलर ब्याट्रीले धान्न सक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ । 

अहिले उद्योगहरूमा विद्युत्को खपत त्यति नरहेको शाक्यले बताए । सोलर, ब्याट्रीले साँझ, बिहानको विद्युत्को आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उनको भनाइ छ । यो ठुला जलविद्युतका हकमा रहेको उनले बताए । 

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले सिँचाइ हुने ठाउँहरूमा चोरीको समस्या देखिएको बताए । उनका अनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ । 

त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएको छ । तराई, पहाडतिर सिँचाइमा सोलर जोडिनुपर्ने उनको भनाई छ । 

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमान्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमान्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्‍यो । हाम्रो राति त्यति बिजुली डिमान्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति विद्युत् खपत छैन ।’

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत् प्राधिकरणले बत्ती राख्दिने गरेता पनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत् बक्यौता नतिर्ने गरेको बताए । उनकाअनुसार बजेटमा नगरहरूले बक्यौता व्यवस्था गर्ने गरेका छैनन् । 

अब पालिकाहरूले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ । त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताए । प्रसारण लाइका नजिक सोलर राख्ने र प्रसारण लाइनभित्र परेका जग्गाहरूको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उनले पाइलट प्रोजेक्टका रूपमा खिम्तीमा सुरु भइसकेको बताए ।

प्रतिकृया दिनुहोस्