×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता कायमै

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता कायमै

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४६५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४१८ मत पाएका छन् । कीर्तपुरको वडा १ र ४ मा पनि उपनिर्वाचन भएको छ । १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतका साथ विजयी भइसकेका छन् ।
 

प्रतिकृया दिनुहोस्