×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी काठमाडौँ फर्किएका छन् । यसअघि स्थगित भएको जागरण अभियान भदौ २१ गतेबाट सुरु गरेको थियो ।

उपाध्यक्ष पम्फा भुसालले देशको स्थिति असामान्य भएकाले अभियान स्थगित गरिएको बताइन् । भुसालका अनुसार मंगलबार बिहान पदाधिकारी बैठक बोलाइएको छ । 

‘गोरखाको जागरण अभियान स्थगित गरी हामी अहिले काठमाडौँ फर्किँदै छौँ । भोलि पार्टीको पदाधिकारी बैठक बोलाइएको छ’, उनले भनिन् । 

बैठक बिहान ९ बजे बस्ने भुसालले जानकारी दिइन् । पेरिसडाँडा वा खुमलटार बस्नेबारे निश्चित नभएको उनले बताइन् । जेनजी पुस्ताले गरिएको प्रदर्शन हिंसात्मक भएपछि माओवादीले गोरखामा उपलब्ध भएका पदाधिकारीको आकस्मिक बैठक बसेको थियो । 

जेनजी पुस्ताले सोमबार काठमाडौँ लगायत देशभर गरिएको प्रदर्शनमा १५ जनाले ज्यान गुमाएका छन् । सयौँ घाइते भएका छन् ।
 

प्रतिकृया दिनुहोस्