×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रौतहटमा हतियार सहित २ जना पक्राउ

रौतहटमा हतियार सहित २ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

गुजरा नगरपालिका(३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियालाई पक्राउ गरेको हो ।

ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंले बताए ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरीबल ११ नम्बर गणको संयुक्त टोलीले उनीहरुकालई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले बताए ।

प्रतिकृया दिनुहोस्