×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

काठमाडौं । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्