×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा/स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बोर्ड नेतृत्वविहीन भएपछि डा. पौडेललाई जिम्मेवारी दिएकी हुन् ।

बोर्डका कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजिनामा दिएका थिए । डा. काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन अवस्थामा थियो।

बीमा बोर्डका कामहरू सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको छ । डा. पौडेल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

‘मन्त्रालयले बीमा बोर्डको पनि जिम्मेवारी दिएको छ । बीमामा भएको समस्यालाई बुझेको छु । समाधान गर्ने प्रयास गर्छु’ डा. पौडेलले भने ।

प्रतिकृया दिनुहोस्