×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । उनले २२ कात्तिकदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । तीन दिनअघि नै रेग्मीले राजीनामा दिए पनि मंगलबारमात्रै राजीनामा पत्र बाहिरिएको छ ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्