×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधि सभाको बैठक सरेको सरेकै

प्रतिनिधि सभाको बैठक सरेको सरेकै

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सर्‍यो । फेरि पनि बैठक बसेन । बरु अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ । यसको कारणमा संसद सचिवालयले विशेष कारण उल्लेख गर्ने गरेको छ ।

‘प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ पछिल्लो पटक जारी सूचनामा उल्लेख छ ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् ।

त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्