काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँद्यीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।