×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको बताए । 

रिमालले भने, ‘उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो । अहिले आएर उहाँले भिसाका लागि आवेदन नै दिनुभएन । अब जाने कुरा हुन्न ।

नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको थियो ।  

मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्