×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नरहरिनाथको तपस्थली अवलोकन गर्न देवघाट पुगे प्रचण्ड

नरहरिनाथको तपस्थली अवलोकन गर्न देवघाट पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको देवघाट पुगेका छन् ।

आज बिहानै उनी देवघाट पुगेर योगी नरहरिनाथको तपस्थली अवलोकन गरेका हुन् । योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिन्छन् ।

संस्कृत, हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका कृतिहरू प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन् । उनले यो कुटीमा बसेर पनि केही रचना गरेको पढ्न पाइन्छ ।

प्रचण्ड सोमबार गोरखा पुगेका थिए । उनी त्यहाँबाट फर्किने क्रममा बिहानै देवघाट पुगेका हुन् ।

प्रतिकृया दिनुहोस्