×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सर्वोच्चले माग्यो सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण

सर्वोच्चले माग्यो सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गरेको छ । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, मुद्दालाई अग्राधिकार (प्राथमिकतामा राख्ने) आदेश पनि दिइएको छ ।

सार्वजनिक पदमा भएका व्यक्तिको सम्पत्ति जाचबुझ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसबाहेक राज्यका अरू नियमित निकाय रहेको दाबीसहित ती निकायको कार्यक्षेत्र जुध्नेगरी समानान्तर आयोग गठन भएकोमा प्रश्न उठाउँदै रिट निवेदन दर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस्