×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि बिहान बस्ने

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि बिहान बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाडौँ आउनेक्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको सचिव देवेन्द्र पौडेलले बताए । 

पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किरहेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि काठमाडौँ फर्किसकेको सचिवालयले जनाएको छ । 

उपमहासचिव गिरिराजमणि पोखरेल लगायत नेताहरू राजधानी फर्किने क्रममा रहेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको रक्षाका लागि आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले तराई मधेस जागरण अभियान स्थगित गरी काठमाडौँ केन्द्रित हुने निर्णय गरेको थियो । यद्यपि सचिव पौडेलले राजावादीहरूको सक्रियताले केही फरक नपर्ने जिकिर गरेका छन् । 

‘राजावादीहरूको सक्रियताले केही फरक पर्दैन । माओवादीले खासै केही तयारी गरेको छैन । संसदमा प्रभावकारी भूमिका खेल्नका लागि अभियान स्थगित गरिएको हो । आगामी योजनाबारे छलफल गर्न भोलि बिहान पदाधिकारी बैठक बोलाइएको छ’, उनले भने ।

प्रतिकृया दिनुहोस्