×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

मलेसिया ६७ रनमा अलआउट

मलेसिया ६७ रनमा अलआउट

काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ । टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले दुई दुई र कविता कुँवर र सीता मगरले एकरएक विकेट लिए । मलेसियाकी एल्सा हन्टरले १० रन बनाउन बाहेक अन्य कसैले दोहोरो रन बनाउन सकेनन् ।

एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोट खेलअघि नेपालले तयारीका लागि मलेसियासँग  खेल्न लागेको हो । २२ गते मलेसियासँगै अर्को खेल हुनेछ ।

प्रतिकृया दिनुहोस्