×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

यातायात कार्यालयले भन्यो : ७ बजेदेखि नै लाइनमा बस्नुपर्ने अवस्था छैन

यातायात कार्यालयले भन्यो : ७ बजेदेखि नै लाइनमा बस्नुपर्ने अवस्था छैन

काठमाडौं । ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सेवाग्राही बिहान ७/८ बजेदेखि नै लाइनमा बस्न आउने गरेको भन्दै त्यसो नगर्न सूचित गरेको छ ।

कार्यालयले सामाजिक सञ्जालमा सूचना राख्दै भनेको छ, ‘कार्यालय बिहान ९ बजे देखि खुल्छ । तर सेवाग्राही ७, ८ बजे देखि नै आएर कार्यालय बाहिर लाइन बस्‍ने गर्नुभएको छ, अहिले कार्यालयको कार्यबोझ अनुसार बिहानदेखि नै लाइन बस्‍नु पर्ने आवश्यकता छैन ।’

कार्यालयका अनुसार अहिले प्रत्येक दिन करिब १ बजेसम्म सबैको काम सकिएर काम हलुका भइसकेको हुन्छ । कार्यालयले भनेको छ, ‘सोमबारको दिनमा केही भीड हुन्छ, अन्य दिनहरूमा खाली नै छ ।’

दिउँसो बैंक ४ बजेसम्म खुल्ने र कार्यालय ५ बजे सम्म खुल्ने हुनाले आफ्नो समय व्यवस्थापन गरेर भिडभाड नहुने बेला सहज सेवा लिनेगरी आउन कार्यालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्