×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आइपीएलको खेल तालिका सार्वजनिक‌

आइपीएलको खेल तालिका सार्वजनिक‌

काठमाडौं । आगामी महिना सुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक‌ भएको छ । आगामी मार्च २२ देखि सुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार खेल तालिका सार्वजनिक‌ गरेको‌ हो ।

तालिका अनुसार पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । पहिलो खेल कोलकातामै हुनेछ ।

त्यसैगरी दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।

त्यस्तै मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्‍जाब किङ्स र गुजरात टाइटन्सले आ(आफ्नो पहिलो खेल खेल्ने छन् ।

फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ । गत संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको थियो ।
आईपीएल २०२५ को पूरा तालिका यहाँबाट हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्