×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

इच्छाराजलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवाना

इच्छाराजलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवाना

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी इच्छाराजले सर्वोच्चमा निवेदन दिएका थिए । 

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानुनबमोजिम गर्न आदेश गरेको हो ।

तामाङलाई दोषी ठहर गर्दै विशेषले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी विरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको  जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।
 

प्रतिकृया दिनुहोस्