काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।