काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा २७०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ७० रुपैयाँ बढेर प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।