×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन

माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन

काठमाडौँ । काठमाडौँको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् । 

यसको विरोधमा आज बिहान ५ः२५ बजेपछि नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा ४०–५० जनाका भेला भएर  सडकमा तरकारी राखेर बाटो अवरोध गरेका हुन् । काठमाडौँ महानगरका मेयर बालेन शाहले तरकारी बेच्न नदिएको भन्दै उनीहरुले सडकमै तराकारी राखेर विरोध गरेका हुन् । 

लगत्तै प्रहरी चौकी ओखरपौवाबाट प्रहरी सहायक निरिक्षक रुपक थापाको कमाण्डमा ७ जना र प्रहरी चौकी ककनीबाट प्रहरी निरिक्षक कुमार बहादुर खडकाको कमाण्डमा ५ जनाको टोलीले सडक सुचारु गराएको थियो । 

हरेक दिन बिहान माछापोखरीको सडकमै तरकारी बेच्ने गरिएकोमा केही साताअघि महानगरले रोक लगाएकोमा विरोध हुँदै आएको छ । 

प्रतिकृया दिनुहोस्