×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला

भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला

विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।

मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन । उनका अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ।

शव पूर्णरूपमा जलेका कारण लिंग छुट्टिएको छैन । मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको हल्ला चलेको थियो।

मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए।

प्रतिकृया दिनुहोस्