×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीको स्थगित जागरण अभियान भदौ १५ गतेबाट सुरु हुने

माओवादीको स्थगित जागरण अभियान भदौ १५ गतेबाट सुरु हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

यस्तै केन्द्रीय समिति बैठक कात्तिकतिर मात्र बस्ने उनले बताए । आजको बैठकमा अध्यक्ष प्रचण्डले एजेन्डा पेस गर्दै समसामयिक विषयमा डेढ घण्टा धारणा राखेका थिए । 

‘मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान भदौ १५ गते सुरु गरेर मसान्तसम्म सम्पन्न गर्ने गरी प्रस्ताव आएको छ । अध्यक्षले एजेन्डा पेस गरेर समग्रमा आफ्नो धारणा राख्नुभयो । आज अन्य नेताले बोल्नुभएन’, उनले भने ।

प्रतिकृया दिनुहोस्