०.५५ अंकले बढ्यो सेयर बजार ०.५५ अंकले बढ्यो सेयर बजार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

०.५५ अंकले बढ्यो सेयर बजार

०.५५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

धेरैजसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक भएको छ । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि २६४२ अंकमा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५३ करोडको भयो । लगानी समूह आज सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।  बैंकिङ ०.०५, फाइनान्स ०.२४ र  होटल तथा पर्यटन ०.८५  प्रतिशत बढे ।

विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार ०.२१ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ५५ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३६ करोड, उत्पादन तथा प्रशोधन २८ करोड, लगानी ४२ करोठ रुपैयाँ बराबरको कारोबार भयो ।

आजबाटै कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । सो वृद्धिपछि प्रतिकित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ । त्यस्तै इमर्जिङ नेपालको ५.४८, एचआईडीसीएलको ४.९५, एनआरएन इन्फ्रास्ट्रक्चरको ३.८५ प्रतिशत मूल्य बढ्यो । अपर लोहोरेखोलाको मूल्य १५ प्रतिशत घट्यो । महिला लघुवित्तको ५.१८, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.७४ प्रतिशत घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्