×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

गण्डकी

एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले एक लाख दिने

एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले एक लाख दिने

काठमाडौँ । बारपाक सुलिकोट गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिकाका विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।

त्यस्तै ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने पालिकाले जनाएको छ ।

यसवर्षको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन हुँदैछ । बारपाक सुलिकोट गाउँपालिकाबाट यसवर्ष नियमिततर्फ २९८ जनाले एसईई परीक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्