चितवनका बस्तीमा चितुवाको त्रास चितवनका बस्तीमा चितुवाको त्रास
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

चितवनका बस्तीमा चितुवाको त्रास

चितवनका बस्तीमा चितुवाको त्रास

चितवन। भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उनीहरुले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताए।

पोथी चितुवाले आफ्ना बच्चालाई बाघबाट मात्र नभई भाले चितुवाबाट जोगाउनुपर्ने हुन्छ। भाले चितुवाले अरूको वा आफ्नै बच्चा भेटेमा मारिदिने खतरा रहन्छ। नियन्त्रणमा लिइएको एउटा चितुवा नौ महिना जतिको हो। अर्को माउ र बच्चा हुनसक्ने वन्यजन्तु प्राविधिक लामाले बताए।

चितुवा दुईदेखि तीन वर्षमा वयस्क हुन्छ। बच्चालाई एकदेखि दुई वर्षभित्रमा माउले छाड्ने र उनीहरू आफ्नो छुट्टै क्षेत्र बनाएर बस्ने गर्छन्।

बच्चा हुर्काएपछि चितुवा एउटै स्थानमा बस्दैनन् । चितुवाको सरदर आयु १० वर्षको हुन्छ । चितुवा आफैँ लडेर मर्ने गरेका छन्। डिभिजन वन कार्यालय, चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवा नियन्त्रणका लागि दिउँसोमा ड्रोन, सिसी क्यामेरा जडान, खोर ९केज० ट्रयापिङ र खुट्टा ट्रयापिङ ९लेग ट्रयाप० प्रयोग गरिएको जानकारी दिए।

यसै क्रममा एउटा बच्चालाई अविनाश पोल्ट्री फार्मको झाडीबाट नियन्त्रणमा लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मेवारीमा सुम्पिएको छ। माउ चितुवा भने अर्को बच्चासहित बस्तीमै घुमिरहेको बताइन्छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाले चितुवा रुख चढ्ने भएकाले समाउन गाह्रो पर्ने बताए।

उक्त जङ्गली जनावर प्रायः गाउँघर तथा बस्ती वरपरका सामुदायिक वनमा बस्दै कुकुरलगायत जनावरको सिकार गर्ने गर्छ।

बस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिन र बस्तीलाई सुरक्षित दिलाउन सबै प्रयास जारी राखिएको डिभिजन वन कार्यालयले जनाएको छ। रासस

प्रतिकृया दिनुहोस्