काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २१ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ६० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।