×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एक सातादेखि हराएकी अञ्जली घरभित्रै गाडिएको अवस्थामा फेला, श्रीमान् र १० महिने छोरी बेपत्ता

एक सातादेखि हराएकी अञ्जली घरभित्रै गाडिएको अवस्थामा फेला, श्रीमान् र १० महिने छोरी बेपत्ता

काठमाडौं । धनुषामा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका – बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।

श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन ।

स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो । भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएका थिए । मंगलबारदेखि रामहरि पनि बेपत्ता भए ।

एकाएक घरका सबै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डीएसपी सिंहले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्