×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

चोरेरै ६ करोडको सम्पत्ति जोडेका प्रेम कारागार चलान

चोरेरै ६ करोडको सम्पत्ति जोडेका प्रेम कारागार चलान

काठमाडौं । चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले थारूलाई कारागार चलानको आदेश दिएको हो ।

चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेको उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् ।

उनी पछिल्लो पटक बौद्धको एक घरबाट ६५ तोलाभन्दा बढी सुन चोरी गरेको आरोपमा गत माघमा पक्राउ परेका थिए । प्रहरीले उनलाई राजधानीमै गोली हानेर पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दा उनले एक करोडको हाइलक्स गाडी चढ्ने, चोरी गरेकै रकमले बाँकेमा साढे तीन तले घर बनाएको समेत खुलेको थियो । त्यसपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाएको थियो ।

यसअघि पनि उनी पटक पटक पक्राउ गर्दै मुद्दा चलेर थुनामा गएका व्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस्