×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द

कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ । यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

भारतीय स्रोतका अनुसार भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन् । हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कम्ब ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भने प्रचारप्रसार गरेका थियो ।

 ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन देउवा त्यसतर्फ जाने तयारीमा थिए । 

प्रतिकृया दिनुहोस्