×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

यो सरकारले भ्रष्टाचारको फाइल अघि बढाउँछ भन्नेमा आशङ्का छ : हितराज पाण्डे

यो सरकारले भ्रष्टाचारको फाइल अघि बढाउँछ भन्नेमा आशङ्का छ : हितराज पाण्डे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको बताएका छन् । सोमबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पाण्डेले अघिल्लो सरकारले अघि बढाएका भ्रष्टाचारको फाइल यो सरकारले अघि बढाउँछ भन्नेमा आफूलाई आशङ्का लागेको बताए ।    

उनले भने, ‘सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका छैनन् । भ्रष्टाचारको फाइल विगतको सरकारले अघि बढाउन खोजेको थियो, त्यो फाइल अख्तियारले अघि बढाउँछ भनेर आशङ्का जनतामा छ ।’

प्रतिकृया दिनुहोस्