काठमाडौं । जेन-जी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन् । सोमबारबाट काठमाडौं उपत्यकाका विद्यालयहरू सुचारू हुन थालेका हुन् । जेन-जी आन्दोलनले त्रस्त विद्यालयहरु केही दिनका लागि बन्द गरिएको थियो ।
जेन-जी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएका थिए । यहीक्रममा कतिपय विद्यालयहरूमा समेत आगजनी भएको थियो ।
यही पृष्ठभूमिमा विद्यालयहरूले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए ।
अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भई पठनपाठन शुरु गरेका छन् । कतिपय विद्यालयहरूले पठनपाठन सकिएपछि आफ्ना छोराछोरी लिन विद्यालय आउन खबर पठाएका छन् ।