×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो । 

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।  सो प्रस्ताव पारित भएसँगै उनले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी हुन् ।

सुनुवाइ सम्पन्न भइसकेका प्रस्तावित राजदूतहरूको सम्बन्धमा निर्णय लिनका लागि समितिको बैठक जारी छ । 

प्रतिकृया दिनुहोस्