×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट पारित

प्रचण्डको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट पारित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । 

आइतबार अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने तथा समाजवादी यात्रामा अघि बढाउने उद्देश्यसहित पेस गरेको प्रतिवेदन पेस गरेका थिए ।

सो प्रतिवेदनमा १०० भन्दा बढी सदस्यहरूको मौखिक धारणा राखेपछि सबैको विचारको प्रतिनिधित्व गरेर परिमार्जन गर्नेगरी मंगलबारको बैठकले पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । यससँगै माओवादीको बैठक सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्