×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ

काठमाडौं । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ परेको छ। अनशनमा साथ दिइरहेका ८ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ। 

पूर्व मुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ। 

उनी आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने जानकारी पाएपछि मोरङ जिल्ला प्रशासनले दिउँसो ३ बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो।

कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए। 

उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। उनीहरूको उपस्थितिकैबीच प्रहरीले कार्कीलाई अनशन स्थलबाट पक्राउ गरेको हो।

पूर्वमुख्यमन्त्री कार्कीलाई उनकै निवास मोरङ बुढीगंगा छोड्ने प्रहरीले मोरङ प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्