×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाको बैठक सुरु

समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरबाट सुरु भएको हो । बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो पटक मोर्चाको कार्यशैलीबाट असन्तुष्ट छन् ।

उनले मोर्चा नै विघटन गर्ने प्रस्ताव गरिसकेका छन् । यसबाट झस्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच पनि यस विषयमा पटकपटक छलफल भइरहेको छ ।

विप्लव मोर्चाका संयोजक हुन् ।

प्रतिकृया दिनुहोस्