×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

प्रतिकृया दिनुहोस्