×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपा कार्यालयमा प्रदर्शन

रास्वपा कार्यालयमा प्रदर्शन

काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन् ।  रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय वनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरूले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् ।

रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले सुरक्षाकर्मीहरूले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन् । सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरूमाथि काठमाडौँ महानगर लगायत विभिन्न निकायहरूले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको उनीहरूको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस्