×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

१५ रनमै २ विकेट गएपछि बाबेट र कालिस मिलेर ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १/१ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्