काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १९०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यसवायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १४० रुपैयाँ बढेर प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।