×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री

तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी गरेका छन् ।

थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले सबै विषयमा न्यायिक छानबिनकै आवश्यकता नहुने बताउँदै निष्पक्ष छानबिन सरकारले गर्ने जिकिर गरे । ‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरामा न्यायिक छानबिन नै हुनुपर्छ भन्ने छैन । त्यो हामी विचार गर्छौं । निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर ।’

तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ७८ जनालाई प्रहरीले मुद्दा चलाएको छ । प्रहरीको रिपोर्ट अनुसार सो दिन २० राउन्ड गोली चलाइएको थियो ।

प्रतिकृया दिनुहोस्