×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ : माधव नेपाल

सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने कुचेष्टा गरिरहेको बताएका छन् । 

जारी केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको नेपालको दाबी छ ।  ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोंच भन्दा भिन्न छैन’, अध्यक्ष नेपालले भने, ‘स–साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

उनले संविधानलाई मिच्ने बानी परेकाहरु कानुन मिच्न पनि त्यतिकै अग्रसर भएको बताए । ‘विधि विधान मिच्ने र आफुप्रति आलोचक कोही छन् भने तिनीहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।’
 

प्रतिकृया दिनुहोस्