×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबिच सात बुँदे सहमति

नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबिच सात बुँदे सहमति

काठमाडौँ । नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबिच सात बुँदे सहमति भएको छ । महासंघको वार्ता समिति र संगठनको वार्ता समितिबिच सात बुँदे सहमति भएको हो ।

सहमतिसँगै महासङ्घमा रहेको राष्ट्रिय महाधिवेशन सम्बन्धी विवाद निरूपण भएको छ । सहमति अनुसार आगामी फागुन ५ गते महासंघले बृहत् भेला आयोजना गरी महासंघको राष्ट्रिय समितिको पूर्णताको घोषणा गरिनेछ ।

सङ्गठनका महासचिव तथा वार्ता समिति संयोजक हंसबहादुर शाहीले फागुन ५ गतेको कार्यक्रममा सार्वजनिक भएका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै परिमार्जन गरिने बताए ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फागुन ५ गतेको कार्यक्रम व्यवस्थापनको लागि सार्वजनिक भएका आन्दोलनमा कार्यक्रममा केही परिमार्जन गरी सार्वजनिक गरिएको र सोहीअनुसार गर्न सबैमा अनुरोध गरे ।

महासंघको गत वैशाख १० गते दोस्रो महाधिवेशन सम्पन्न भएको थियो । संगठनले भने उक्त महाधिवेशन बहिष्कार गरेको थियो । सङ्गठनले विभिन्न विषयमा असहमति जनाउँदै महाधिवेशन बहिष्कार गरेको थियो ।

असहमतिका बुँदाहरूमा सहमति खोज्न वार्ता समिति गठन गरिएको थियो । दुवै पक्षबाट बनेका वार्ता समितिले सात बुँदे सहमति गरेका हुन् । सहमतिसँगै आगामी दिनमा नेपालको सार्वजनिक शिक्षाको आमूल सुधार र विद्यालय पेसाकर्मीहरूको हकहित संरक्षणमा एकताबद्ध भई अग्रणी भूमिकामा रहनु अपरिहार्यता महसुस गरिएको महासचिव शाहीले बताए ।

महासंघ राष्ट्रिय समितिको पूर्णतासहितको घोषणासभा गरिने र त्यही बेला विगतको आन्दोलनको समीक्षा समेत गरिने उनको भनाइ छ । सहमतिअनुसार आन्दोलनका कार्यक्रम समेत परिमार्जन गरिएका छन् । परिमार्जित कार्यक्रम अनुसार स्थानीय तहमा फागुन ६ गते पालिकामा ध्यानाकर्षण पत्र बुझाउने र आन्दोलन परिचालन समिति गठन गरिनेछ ।

फागुन ८ गते हरेक विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम गर्ने कार्य तालिका बनेको छ ।

त्यस्तै जिल्ला र प्रदेशस्तरमा फागुन ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा र सात वटै प्रदेशका मुख्यमन्त्रीरसामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने र कालोपट्टी सहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिति गठन गरिनेछ । बाँकी आन्दोलनका कार्यक्रमका फागुन ५ गते हुने पूर्ण घोषणा सभाबाट सार्वजनिक गरिने शाहीले बताए । 

 

प्रतिकृया दिनुहोस्