काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।