×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनताको मनमस्तिष्कबाट सरकार विस्थापित भइसके : माओवादी केन्द्र

जनताको मनमस्तिष्कबाट सरकार विस्थापित भइसके : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको जिकिर गरेको छ । जनताको मनमस्तिष्कबाट पनि सरकार विस्थापित भइसकेको माओवादीको भनाइ छ ।

आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘प्राविधिक रूपमा त यो सरकार छ भन्ने हुन्छ, राजनीतिक रूपमा यसको वैधता समाप्त भइसकेको छ । जनताको मनमस्तिष्कबाट यो सरकार विस्थापित भइसकेको छ ।’

वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ । प्रवक्ता सापकोटाले भने, ‘वर्तमान सरकार दिनदिन विस्थापित हुँदैछ, कलंकको रूपमा स्थापित हुँदैछ ।’

उनले सरकारले राजनीतिक प्रतिशोधको आधारमा विपक्षीलाई प्रहार गरेको र बिचौलियाको संरक्षण गरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्