×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

सातै प्रदेशमा जलनको उपचार निःशुल्क गर्ने निर्णय

सातै प्रदेशमा जलनको उपचार निःशुल्क गर्ने निर्णय

काठमाडौं । सरकारले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई जलनको उपचार निःशुल्क गर्ने भएको छ ।

२ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले कोशीमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार हुनेछ ।

त्यस्तै लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने आइतबार सार्वजनिक मन्त्रिपरिषदको निर्णय छ ।

प्रतिकृया दिनुहोस्