×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित च्याम्पियन

एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित च्याम्पियन

काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित रहेर च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।

सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।

त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे ।

हङकङका लागि एहसान खान र आयुष शुक्लाले १/१ विकेट लिए ।

नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो ।

यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको सर्वाधिक सफल रन चेज थियो ।

अंशुमन राथ र शाहिद वासिफले शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । नेपालले १८९ रनको लक्ष्य पूरा गरेमा नेपालको टी-२०आईमा कीर्तिमानी रन चेज हुनेछ ।

हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए ।

नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

एक समय १८ ओभरमा १७९-५ को अवस्थामा भएपनि हङकङले अपेक्षित फिनिसिङ भने गर्न सकेन । नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित थिए ।

प्रतिकृया दिनुहोस्