काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कार्यदल गठन गरेको हो ।
सरकारले संविधन संशोधनको मस्यौदा तयार गरी सबै दलहरूको सुझाव लिइरहेको अवस्थामा नेकपाले आफ्नातर्फबाट संविधान संशोधनका मुद्दा तय गर्न कार्यदल बनाएको हो ।
कार्यदलमा नेताहरू देव गुरुङ ,प्रकाश ज्वाला, प्रेमबहादुर सिंह ,रणध्वज कन्दङ्वा, रेखा शर्मा, ई। गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य छन् ।