×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीमा २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा

सुनचाँदीमा २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा

काठमाडौँ । आजदेखि सुन चाँदीको खरिद बिक्रीमा विलासिता कर लाग्न सुरु भएको छ । सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो । 

यस्तो कर प्रत्येक कारोबारमा लाग्नेछ । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ । 

अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्नेछ । 

उक्त कर खारेजी गर्न माग गर्दै अहिले व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन ।

अहिले सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ छ । विलासिताबापतको २ प्रतिशत जोड्दा ग्राहकले सो मूल्यमा थप २ प्रतिशत करिब ३८३६ रुपैयाँ थप तिर्नुपर्छ । प्रत्येक कारोबारमा यस्तो लाग्दै जाने व्यवस्था छ ।
 

प्रतिकृया दिनुहोस्